logo tiger cup

गण्डकी प्रदेशमा गठबन्धनका दलहरूलाई भाग पुर्‍याउन मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सात वटा मन्त्रालय फुटाएर नाै वटा पुर्‍याउने निर्णय गर्नुभएको हो ।आज बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाउने प्रस्ताव गरेको र बैठकले प्रस्ताव पारित गरेको एक जना मन्त्रीले जानकारी दिएका छन् ।

 यस पटक  आफ्नो सत्ता जोगाउन र गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याएर बहुमत पुर्‍याउन अधिकारीले नै मन्त्रालयको सङ्ख्या सात वटाबाट नाै वटा पुर्‍याउन लाग्नुभएको हो ।

गण्डकीमा राप्रपाको समर्थनविना सत्तारूढ गठबन्धन र नेपाली कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ । राप्रपाले पनि सरकारलाई समर्थन गर्ने सम्भावना रहेको र उसका दुवै जना सांसदलाई मन्त्री बनाउन मन्त्रालयको सङ्ख्या बढाएको हुन सक्ने अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस