कर्णालीकाे अस्पतालमा एक बिरामीकाे चिकित्सककाे कारण मृत्यु, परिवारद्वारा चिकित्सकलाइ कारबाहीको माग
कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका छन्।
दैलेखको आठविस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।
चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको भन्दै भीमाका आफन्तले चिकित्सकलाई कारबाही माग गरेका छन्।
भीमा वुधबार उपचारका लागि सुर्खेत झरेकी थिइन्। सुर्खेतको निजी मेडिकलमा जँचाएपछि मेडिकलको सल्लाहमा उपचार गराउन प्रदेश अस्पताल हिँडेरै पुगेकी थिइन्।
बिहीबार बिहान प्रदेश अस्पताल पुगेकी उनको उपचारका क्रममा मृत्यु भएको भीमाका जेठाजु हर्क बलामीले बताए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक