मिति २०८०।१२।२९ गते अं. ०२:५० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुईखेत स्थित काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नं.को बसको चालकले नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार ८ जना घाईते मध्ये ७ जना सोही दिन सामान्य उपचार पश्चात डिस्चार्ज भएको र जिल्ला म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने बर्ष ७२ को नर बहादुर पुनको उपचार भईरहेकोमा मिति २०८१।०१।०१ गते १८:४७ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । उक्त बस चालक जिल्ला म्याग्दी बेनी न.पा. वडा नं. ६ बस्ने बर्ष ३२ को राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त बस सह-चालक जिल्ला म्याग्दी बेनी न.पा. ४ तातोपानी बस्ने बर्ष २५ को बिनोद दर्जीले चलाएको भन्ने खुलेको हुँदा निजलाई व.प्र.का. बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित