नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा सँगै पर्यटक प्रहरीमा थपिएको
जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स-साना
समस्याहरुलाई समाधान तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय
वातावरण सिर्जना गर्नको लागि पर्यटन बोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई २
वटा विद्युतीय साईकल हस्तान्तरण गरेको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराद्धारा पर्यटक प्रहरी पोखराको
लागी आर्थिक बर्ष २०८०/०८१ मा बिनियोजित बजेट शिर्षक ५.३.७५ Electric
Cycle खरीद अन्तर्गत रहेको बजेट बमोजिम जिल्ला प्रहरी कार्यालय कास्कीका
कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा, वडा प्रहरी कार्यालय बैदाम
कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका
प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी
निरीक्षक जगदिश रेग्मी तथा बिभिन्न पत्रकारहरुको उपस्थितिमा KAISAI
Electric Cycle (300 Watt Brushless Motor, 48 Volt Lithium Battery)
खरीद गरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नबिन पोख्रेलज्यूले पर्यटक
प्रहरी कार्यालय पोखरालाई E-Cycle को चाबी हस्ताण्तरण गर्नुभएको छ ।
पर्यटक प्रहरी पोखराले थान-२ E-cycle द्वारा पर्यटकीय राजधानी पोखरामा
स्वदेशी तथा विदेशी पर्यटकहरुको बढी आवतजावत हुने स्थानहरुमा गस्ती गरी
सुरक्षित पर्यटकीय वातावरणको महशुस हुने गरी कार्य गर्न अझ वढी उत्प्रेरणा र
कार्य वातावरण बनेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित