logo tiger cup

फरच्युना हेल्थ केयरद्वारा नेपालमा पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 नेपालमा पहिलोपटक फरच्युना हेल्थ केयरले सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गरेको हो ।

ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज उद्घाटन गर्नुभएको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री/वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रालीकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।

८० करोड रुपैयाँको अनुमानित लागत रहेको सिरिन्ज उद्योगमा ५० करोड रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ । नेपालमा वर्षमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भइरहेको छ । १७ भन्दा बढी देशबाट आयात हुने सिरिन्जको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले दुःख पाइरहेका कारण गुणस्तरीय सिरिन्ज उत्पादन गर्न थालेको राणाले बताउनुभयो । 

 

 

प्रतिक्रिया दिनुहोस