नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस हाे ।उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ ।
वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
अङ्ग्रेजविरूद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो । अधिकारी नेतृत्वको सरकारले नै बृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ । नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व रुपमा मनमोहनलाई चिनिन्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित