दुबई र अबुधाबीमा अाज बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।
मध्यराततिरै अबुधाबीको सुदूरपश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो । अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो । मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघ गर्जनसहित वर्षा भएको थियो ।
राति करिब अढाई बजेतिर अबुधाबीका अधिकांश भागमा चट्याङ र मेघ गर्जनसहित वर्षा सुरु भएको थियो भने हुरीका कारण दुबईतिर सरेको बादलले त्यहाँ पनि मौसममा परिवर्तन ल्याएको थियो ।
दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित