logo tiger cup

गण्डकीमा विश्वासको मत अगावै मन्त्रालयको भागबन्डा टुंग्याउन भागदाैड

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने निर्णय गरेपछि अाज  एमाले र माओवादीको छुट्टाछुट्टै संसदीय दलको बैठक बस्दै छ । स्पष्ट बहुमत नहुँदा कसरी विश्वासको मत लिने भन्ने अन्योल कायमै छ तर विश्वासको मत दिनुअघि मन्त्रालयको संख्या र भागबन्डा टुंग्याउनुपर्ने माओवादीले जनाएकाे छ  ।

‘गण्डकीमा मन्त्रालय कति हुन्छन र कसकसले कति पाउने हो भन्ने कुरा विश्वासको मत दिनुअघि नै निर्णय हुनुपर्छ भन्ने हाम्रो माग हो,’ माओवादीका एक सांसदले भने, ‘शुक्रबारको बैठकमा शनिबारसम्म मन्त्रालयको संख्या र भागबन्डा टुंग्याउन भनेका हौं ।’

मओवादीले गण्डकीमा ९ मन्त्रालय हुनुपर्ने अडान राखिरहेको छ तर मुख्यमन्त्री अधिकारीले निर्णय लिइरहेका छैनन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान अहिले अर्थ मन्त्री छन् । उनीसँगै माओवादीबाट १ जना र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई १ मन्त्रालय पाउनुपर्ने माओवादीको माग छ ।

माअाेबादीकाे हिजाे पनि संसदीय दलको बैठक बसेको थियो । अाज  नेतृत्वबाट एउटा निर्देशन पनि आउने र विश्वासको मत दिनुअघि अाजै कम्तिमा मन्त्रालयको संख्या र कसलाई कति भागबन्डा गर्ने निर्णय हुनुपर्ने माओवादी सांसदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस