गर्मीकाे महामारीकाे समयमा केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।
मौसमविद् सरोज पुडासैनीलका अनुसार मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको र अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने जानकारी समेत दिएका थिए । उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिएका छन । यो क्रमशः घट्दै जाने उनले बताए ।
हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तत्काल तापक्रम नबढ्ने उनले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित