logo tiger cup

काेशी प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक  नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन सकेन ।

सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेसकाे असन्तुष्टी रहेकाे छ । आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी समेत रहेकाे छ ।

कांग्रेस केन्द्रको पदाधिकारी बैठकको यही सन्देश लिएर नेता मीन विश्वकर्मा विराटनगर पुगेका छन । ‘संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने भनिएको छ ।’ उनले भनेका छन । 

 

प्रतिक्रिया दिनुहोस