logo tiger cup

सन्दीप लामिछाने विरुद्ध दायर मुद्दाको बहस जारी, आजै फैसला सुनाउने तयारी

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।

 सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन  र उप न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका छन् । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए ।

लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूले गरेका छन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट आश्मा आचार्यले बहस थालेकी छन् । जाहेरवालाका तर्फबाट मोहना अन्सारी दिनेश त्रिपाठी लगायतले बहस गर्ने तयारी गरेका छन् । उनीहरूको बहसपछि फेरि सरकारी वकिलहरूले जवाफी बहसका लागि समय पाउने छन् ।

सरकारी पक्षको जवाफ पछि न्यायाधीशहरुले आज नै फैसला सुनाउने तयारी गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस