logo tiger cup

कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना युवक पक्राउ

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्‍ने आयुष भन्‍ने २५ वर्षीय आकाश बाबु विक रहेका छन् । 

अपराध अनुसन्धान कार्यालयको टोलीले गोपाल र आयुषलाई बौद्धबाट पक्राउ परेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस