logo tiger cup

आज सीता जयन्ती उत्सव

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  आज वैशाख शुक्ल नवमी, भगवती सीताकाे जयन्तीको रुपमा मनाइँदैछ ।

 सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ ।  जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका रुपमा पालेर सीता नाम दिएको बताइन्छ ।

रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ । भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ । सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ । सीतालाई नेपालकी राष्ट्रिय विभूति पनि मानिन्छ ।

सीताकाे अकाे नाम जानकी पनि भन्ने हाे । जानकीको अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएकाे थियाे ।  पितृआज्ञा पालना गर्न राम बनवास जाँदा र रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायत पुराणमा समेत उल्लेख रहेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस