आज ३१ औँ मदन - आश्रित स्मृति दिवस, एमाले र एमालेका भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रम गर्दै
आज ३१ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ ।मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।
२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राखेका भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेका थिए ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्दै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित