logo tiger cup

सहमतिमा पुग्न नसकेपछि सहकारीसम्बन्धी छानबिन समितिको कार्यादेश बनाउने कार्यदल बैठक भोलि फेरि

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ । अाज बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः भाेली बस्ने भएकाे छ ।

कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कार्यदल सदस्य जीवन परियारले भोलि बस्ने खबर आएको जानकारी गराएका छन् ।

कानुन मन्त्रालयमा बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो । 

प्रमुख प्रतिपक्ष कांग्रेस सहित विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस