logo tiger cup

नेपालमा अनुमानित मितिभन्दा छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  नेपालमा  छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् ।

मनसुन भारतसम्म आइसकेकोले केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ ।

भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नर्थइस्ट इण्डियामा मनसुन फैलिसकेकाले नेपालमा पनि अलि छिटो आइपुग्छ कि भन्ने अनुमान मात्र हो । तर प्रारम्भिक संकेतकै आधारमा ठोकुवा गर्न भने सकिँदैन ।’

यदि पश्चिमबाट हावा बढी आइदियो भने मनसुनी वायु अगाडि बढ्न पाउँदैन । तर पूर्वबाट हावा बढी आइदियो भने पश्चिमी वायु पछि हट्छ र मनसुन प्रवेश गर्छ ।

 यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकाले क्षति पनि बढी हुन सक्ने चिन्ता छ । विपद विज्ञसमेत रहेका डा. उप्रेती भन्छन्, ‘मनसुनले अहिलेको गर्मी अनि खेती प्रणालीमा राम्रो हुनेछ तर औसतभन्दा बढी पानी पर्ने भएकाले बाढी– पहिरोको जोखिम बढी हुने छ ।’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस