logo tiger cup

जाहेरीकाे पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ।

 जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने  भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् । 

पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ। उनीहरुले २०८० माघ २२ गते उक्त जाहेरी दर्ता गरेका थिए । उक्त जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो ।

यसरी सहकारीको रकम विभिन्न १८ वटा कम्पनीमा गैर कानुनी रूपमा स्थानान्तरण गरिएको दाबी जाहेरीमा गरिएको छ । 

सर्वोच्चले उक्त जाहेरी हेरेपछि अन्तरिम आदेशका बारेमा निर्णय गर्ने आदेश गरेको छ।

 

प्रतिक्रिया दिनुहोस