देशका केही ठाउँमा आज बिहानैदेखि वर्षा : मध्य पश्चिम क्षेत्रका केही ठाउँमा हावाहुरीको सम्भावना
देशका केही ठाउँमा आज बिहानैदेखि पानी परेको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मध्यपश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेकाे छ ।
्र
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित