राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताएका छन् ।
अाज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विद्युतीय सवारीमा जुन कर लगाइयो त्यो चाहिं अर्थमन्त्रीजीले फिर्ता लिन मिल्छ भने लिँदा राम्रो हुन्छ ।’
अध्यक्ष लिङ्देनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए । उनले सधैँभरि अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताए । उनले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै कुनै प्रयत्न नभएको पनि बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक