logo krishi add

आज विश्व वातावरण दिवस, विश्वव्यापी रुपमा मनाइदैँ

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रमहरू भइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत् मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताउनुभएको छ । उहाँले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस