logo krishi add

आज बाह्रौं राष्ट्रिय कृषक दिवस : किसानको सम्मानमा कृषि विज्ञको जोड

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

आज बाह्रौं राष्ट्रिय कृषक दिवस । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ ।

२०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ ।

उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा राखेर दिवस मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल, राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले आग्रह गरेको छ । नेपाल कृषि प्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था छ । युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।

किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुन, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।

देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानी दशक घोषणा गर्नुलाई कृषि विज्ञले सकारात्मक नै मानेका छन् । तर किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई पहिला सम्बोधन गर्नुपर्नेमा कृषि अर्थविज्ञ एवम् कृषि मन्त्रालयका पूर्व सहसचिव डाक्टर श्रीराम घिमिरेको जोड छ ।

प्रतिक्रिया दिनुहोस