आगामी असार १४ गते प्रतिनिधि सभाबाट ‘संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ को संशोधन विधेयक विधेयक पारित गर्ने तयारी रहेकाे छ ।
संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार १४ गते संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने उल्लेख छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकको प्रतिवेदन १७ जेठमा सर्वसम्मतिबाट पारित गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्का तीन जना सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्नसक्ने गरी ३० मंसिर २०७७ र २० वैशाख २०७८ वैशाखमा अध्यादेश ल्याएका थिए ।
त्यसबेला अध्यादेशका कारण हटाइएको ऐनको कानुनी व्यवस्था अझै निष्क्रिय छ । त्यसलाई सम्बोधन गर्ने गरी सरकारले विधेयक ल्याएको हो । संशोधित विधेयकमा संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य हुने प्रावधान राखिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
बाग्लुङमा २१ वर्षपछि सडकको स्तरोन्नति थालियाे
मुग्लिन-पोखरा सडकको अवरोध हटाइयाे