गण्डकी प्रदेशको मन्त्रिपरिषदमा नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र दीपक मनाङेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित