logo trishakti

'पर्यटकीय राजधानी पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै गण्डकी सरकार

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

तस्विरः याेगेन्द्र श्रेष्ठ/परिचित खवर

गण्डकी प्रदेश सरकारले 'पर्यटकीय राजधानी पोखरामा पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम हिजो प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटकीय राजधानी पोखरालाई केन्द्रविन्दुमा राखेर कार्यक्रम लागू गरिने बताउनुभएकाे छ ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना रहेकाे छ ।

 

पर्यटकीय राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको हो ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएकाे  छ ।

प्रतिक्रिया दिनुहोस