logo tiger cup

पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

   पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।

सात सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । हिजोसम्म ३८ पालिकाले बजेट पेस गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका ६, बागमतीका ६, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३, कर्णालीका १ र  सुदूरपश्चिम प्रदेशका ६ वटा पालिकाले बजेट पेस गरेका छन् । बाँकी पालिकाले आज बजेट सार्वजनिक गर्दैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस