पोखरा ।
नेपाल सरकारका पूर्वसचिव एवम् सार्वजनिक प्रशासन विज्ञ बाबुराम आचार्यले निजामति कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्न आग्रह गर्नु भएको छ ।
नेपाल निजामति कर्मचारी युनियन कास्की जिल्लाले पोखरामा आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा बोल्नुहुदैँ उहाँले सो कुरा बताउनुभएको हो ।
सार्वजनिक सेवा प्रवाहमा रहने कर्मचारीहरुको काम छिटो छरिटो र सर्वसुलभ तवरबाट गर्न सकेमा मात्र नागरिकले राज्यबाट प्राप्त गर्ने सेवाको अनुभुति गर्न सक्ने बताउनुभयो ।
प्रशासनका विज्ञ समेत रहनुभएका आचार्यले कुनै पनि कर्मचारीको सरुवा दबाबले नभई कार्यालयको आवश्यकता कर्मचारीको व्यवसायीकता र न्यायका आधारमा हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरुले स्वाभिमानिता, इमान्दारीता, धैर्यता र मौनतालाई केन्द्रमा राखेर काम गरेमा कुशल राष्ट्र सेवक बन्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी एवम् गोरखा पत्र दैनिकका गण्डकी प्रदेश प्रमुख रमेश पौडेलले सार्वजनिक प्रशासन सेवाले नै सरकारको मुल्यांकन नागरिकले गर्ने बताउनुभयो । कार्यक्रममा युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले कर्मचारीका समस्याहरुलाई संगठनले सकेसम्म सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा युनियनका उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन पौडेल , पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल लगायतले कर्मचारीका समस्या र सार्वजनि सेवा प्रवाहका बारेमा आफ्ना भनाई राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित