logo tiger cup

जति सक्दाे छिटाे विश्वासको मत लिन प्रधानमन्त्रीलाई रास्वपाको आग्रह

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

अाज बिहान प्रधानमन्त्री निवास बालुवाटार  राजीनामा बुझाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

साे छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

विश्वासको मत दिने विषयमा भने आफूहरु छलफलमै रहेको परियारले बताए । ‘जेजस्तो परिस्थितिमा हामी राजीनामा दिने मनस्थितिमै हो । तर, हिजोको सत्ता साझेदारमात्रै होइनौं, हाम्रा कतिपय मुद्दामा एकै ठाउँमा थियौं’, उनले भने, ‘फेरि सम्माननीय प्रधानमन्त्रीज्युले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बरु ढिला नगरौं, यसमा धेरै अल्मलिनु हुँदैन ।’ भन्दै उनले भनाइ राखेका  थिए ।

 

 

प्रतिक्रिया दिनुहोस