logo tiger cup

एसईई को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन : ओली

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताउनुभएको छ । अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षा अनलाइनमार्फत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

उहाँले काठमाण्डौबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने र अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह पनि गर्नुभयो । फेसबुक पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोड्ने व्यवस्था गरिने उहाँको भनाइ रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस