logo tiger cup

प्रधानमन्त्री प्रचण्डद्वारा २८ गते संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), एकीकृत समाजवादी (१०) रास्वपा (२१), र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ । उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस