logo tiger cup

एमालेका सांसद रघुजी पन्तद्वारा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । आजकाे प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 

उनले भने–‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए । उनले भने–‘लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरी उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ ।  नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन । यसरी संविधानको उल्लङ्घन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपति ज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’ भन्दै राजीनामा दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस