logo tiger cup

पोखरा विमानस्थलमा अाज संसदीय समितिको अनुगमन सुरु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

तस्विरः याेगेन्द्र श्रेष्ठ/परिचित खवर 

अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थलको स्थलगत अध्ययन गर्न संसदीय समिति हिजाे  पोखरा आइपुगेको छ ।

विमानस्थल निर्माणको क्रममै त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्नेको उजुरीको आधारमा गठित राजेन्द्र लिङ्देन नेतृत्वको विमानस्थल अध्ययन उपसमिति अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण पत्ता लगाउन भन्दै पोखरा आइपुगेको हो ।

सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा १३ असारमा उपसमिति गठन भएको थियो ।

अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी पोखरा आइपुगेको उपसमितिका संयोजक लिङ्देनले जानकारी दिए ।

टोलीले सोमबार अध्ययन गरेर काठमाडौं फर्किने छ । काठमाडौं फर्केलगत्तै फेरि आवश्यकताका आधारमा प्राविधिक तथा विज्ञहरुलाई पनि डाकेर यसको सम्झौतादेखि निर्माण सम्पन्न भएर हालसम्मको अवस्थाबारे अध्ययन गर्ने संयोजक लिङ्देनले जानकारी दिए ।

सोमबार बिहान आयोजनाको तर्फबाट निर्माणदेखि सञ्चालनसम्मको प्रस्तुति राख्ने, त्यसपछि स्थलगत अध्ययन हुने र दिउँसो अन्तक्र्रिया गरिने अध्ययन टोलीमा सहभागी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।

विमानस्थल निर्माणकै क्रममा भएका त्रुटि र अनियमिताका कारण अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै उजुरी परेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौतादेखि सञ्चालनसम्मको अवस्थाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अध्ययन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस