logo tiger cup

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै, मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ विभागले जनाएकाे छ  ।  मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार  “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”,  ।

आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस