देशभर मनसुन सक्रिय रहेकोले गएरातिदेखि धरै ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परिरहेको मौसमविद गोविन्द झाले बताउनुभयो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ ।
मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर ठाउँको आसपास र पूर्वमा सरदरभन्दा उत्तरतर्फ रहेको र हिजो रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालतिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले पर्सि शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएकोले सतर्कताका लागि महाशाखाले अनुरोध गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित