logo tiger cup

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

नव प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अाज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता  थियो । 

नेपाली कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने कांग्रेस र एमालेको तयारी छ । यसको लागि आज बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् । दुई दलबीच एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस