logo tiger cup

नयाँ सरकारका नयाँ मन्त्री अनुहारहरू

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, मानवीर राई रक्षा मन्त्री,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी,  शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्रालयमा  नियुक्त हुनुभएको छ ।

कांग्रेसबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले  शपथ ग्रहण गर्नुभएको छ । रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री , दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री,  गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री , बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त हुनुभएको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री र प्रदीप यादव खानेपानीमन्त्री बन्दै सपथ ग्रहण गर्नेभएकाे छ ।

प्रतिक्रिया दिनुहोस