logo tiger cup

बस दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ जनाको सनाखत,बाँकी पाँच जनाको सनाखत हुन बाँकी

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

हिजो भेटिएकामध्ये चितवन माडिका विकास परियार, चितवन भरतपुरका सुदिप बिक,सर्लाहीका रमित कुशर माझी, भारतका ऋषिपल साह, जयप्रकाश ठाकुर, सजाद अन्सारी, बाराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ ।

यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ ।  अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस