नेपालमा नैरोबी फ्लाईको जोखिम बर्खायाममा बढी हुन्छ । यस समयमा गर्मी तथा चिस्यान बढी हुने भएकाले नैरोबी फ्लाई बढी सक्रिय रहन्छ र यसको वृद्धि विकासका लागि अनुकूल मानिन्छ । नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो हेर्दा कमिलाजस्तो लामो र सलक्क परेको देखिन्छ । यसको पछाडिको भाग चुच्चो र माथि उठेको हुन्छ ।
देशका विभिन्न ठाउँमा यतिबेला नैरोबी फ्लाईको जोखिम बढेकाे छ । तर विशेषगरी तराई क्षेत्र– चितवन, झापा, मोरङ, सुनसरीलगायतका ठाउँमा यसको जोखिम धेरै देखिएको छ ।
नैरोबी फ्लाईले टोक्ने गर्दैन । यसलाई छोएर, मिचेर वा मार्न खोज्दा यसले पेडेरिन नामक रसायन निकाल्छ । यो रसायन मानिसको छालामा पर्दा आगोले पोलेको जस्तो असर गर्छ । जसले गर्दा चहर्याउने, चिडचिडापन, रातोपन, घाउ र छालामा असहजताजस्ता समस्या हुन सक्छ
धेरैले नैरोबी फ्लाईको सम्पर्कमा आइसकेपछि अनावश्यक क्रिम प्रयोग गर्ने गर्छन् तर डाक्टरको सल्लाहविना कुनै औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ ।यसबाट बच्न सतर्कता अपनाउनु आवश्यक छ र कुनै पनि प्रकारको जटिलता देखिएमा डाक्टरको परामर्श लिनुपर्छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित