logo tiger cup

गण्डकी, लुम्बिनी, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।

गण्डकी, कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा राति हल्कादेखि मध्यम वर्षा छ । बाग्मती तथा लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी खोलाहरुमा बाढी आएको छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने विभागको पूर्वानुमान छ । 

प्रतिक्रिया दिनुहोस