logo tiger cup

देशको पर्यटन क्षेत्रकाे अभिभावक अम्बिका श्रेष्ठको निधन, पर्यटन व्यवसायमा ठुलाे क्षति

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

देशको पर्यटन क्षेत्रकाे अभिभावक अम्बिका श्रेष्ठको हिजाे ९२ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनपछि प्रतिक्रिया दिँदै पर्यटनव्यवसायीहरुले देशको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् ।

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापकश्रेष्ठले ठूलो योगदान पुर्‍याउनुभएको थियो । 

पर्यटनमार्फत नेपाली कला, संस्कृति र सभ्यता विश्व माझ प्रवर्द्धनमा श्रेष्ठले पुर्‍याउनु भएको योगदान अतुलनीय रहेको  छ ।

नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको थियो । पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ ।श्रेष्ठको निधनले देशको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस