यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधनहरू ठप्प पारेका छन्। उक्त आन्दोलमा आन्दाेलनरत सार्वजनिक यातायात यवसायीहरूले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।
उब्त आन्दोलनको भिडियो खिचिरहेका पत्रकारहरू विना थापा र सुरज थापा माथि पोखराको पृथ्वीचोकमा हमला गरीएको हो । पत्रकार सुरज थापाले पृथ्वीचोकमा व्यवसायीबीच नै झगडा भएको र सोक्रममा आफूहरुले भिडियो खिच्न लाग्दा आक्रमण गर्दै क्यामेरासमेत खोसेको बताएका छन् । आक्रमण गर्नेबिरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा आएको उनले बताएका छन् ।पत्रकारद्वयमाथि भएको हमला को नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ । आक्रमणकारीलाई कार्वाही गर्न अध्यक्ष बिमला भण्डारीले माग गरेकी छन् ।यातायात व्यवसायीका आन्दोलनका कारण आज बिहानैदेखि पोखरासहित गण्डकी प्रदेशभर यातायात सेवा ठप्प भएको छ ।अन्दोलनकारीले ग २० प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।
आफूहरुका सात बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित