logo tiger cup

एक महिनामा काठमाडौं उपत्यका र बाहिर गरी २० जनामा हैजा संक्रमण पुष्टि,संक्रमण फैलिरहने सम्भावना

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

गत ७ साउनमा ललितपुर गोदावरी नगरपालिका थैबस्थित एक पुनर्स्थापना केन्द्रका युवकमा हैजा संक्रमण पुष्टि भएकाे थियाे ।

ती युवकको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहँदा केन्द्रका अरु केही युवकमा पनि झाडापखालाको लक्षण देखिएकाे थियाे।

केन्द्रको इनारको पानीमा दिसामा पाइने एक प्रकारको जिवाणु कोलिफर्म भेटिएको महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरे बताउँछन् ।

महाशाखाका अनुसार पछिल्लो एक महिनामा काठमाडौं उपत्यका र बाहिर गरी २० जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । उपत्यका बाहिर कैलालीमा ७ जना हैजाका बिरामी भेटिएका छन् ।

काठमाडौंको टोखा, लतिपुरको ग्वार्कोमा पनि हैजाका संक्रमित भेटिएका महाशाखाले जनाएको छ ।पछिल्ला दिनमा विभिन्न ठाउँमा हैजाको संक्रमण देखिनुले उपत्यकामा समुदायस्तरमा नै हैजा फैलिएको हुन सक्ने ईडीसीडीका एक अधिकारी बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन काठमाडौंमा हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन् । हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस