आज ३० औं विश्व आदिवासी दिवस । उक्त दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । सोही क्रममा राजधानीमा र्याली प्रदर्शन गरिएको छ ।
स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्याली निकालिएको छ । मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन् । र्यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित