स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । बीमाको झन्झटिलो प्रक्रियालाई सहज बनाउने उहाँको भनाइ रहेकाे छ ।
उहाँले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बीमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गर्नुभएको हो ।
विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताउनुभएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित