खराब मौसम तथा कम 'भिजिबिलिटी' का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित
कम 'भिजिबिलिटी' प्रतिकूल मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् ।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर 'होल्ड' भए पनि अहिले अवतरण हुन थालेका विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।
सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एअरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण हिजाे पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन.आर.एन जापानद्वारा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
४८ वटा राहदानी बोकेकी एक महिला विमानस्थलबाट पक्राउ