तनहुँकाे बस दुर्घटनाका घाइतेहरूकाे उद्धारका लागी मेडिकल टिमसहित सेनाकाे हेलिकप्टर दुर्घटनास्थलमा
आज बिहान तनहुँमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उद्धारका लागि नेपाली सेनाले मेडिकल टिमसहितकाे हेलिकप्टर पठाएकाे छ । टाेली हेलिकप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेकाे सेनाले जनाएकाे छ ।
घटनास्थलबाट अहिलेसम्म १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ ।घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाण्डाै ल्याउने तयारी छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर (यूपी ५३ एफटी ७६२३) को बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
एन.आर.एन जापानद्वारा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु