logo tiger cup

मुस्ताङकाे थसाङमा हिमपहिराे आएर काेबाङमा बाेक्सी खाेला थुनियाे

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 मुस्ताङकाे थसाङ गाउँपालिका वडा नम्बर २– काेबाङमा हिमपहिराे आएर बाेक्सी खाेला  थुनिएकाे जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएकाे छ ।बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।

आजै दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको र हिउँको थुप्रोले बाेक्सी खोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो । 

हिमपहिरोले खाेला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ । यस्तै हिमपहिराेका कारण जाेखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेकाे छ । 

हिमपहिराे बस्तीमाथि आएर अड्किएकाे र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । यस्तै जल तथा माैसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस