logo tiger cup

माछापुच्छ्रे गाउँपालिकामा रोटरी क्लबको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण सम्पन्न

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

रोटरी क्लबको समन्वयमा माछापुच्छ्रे गाउँपालिकाका २ विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

रोटरी क्लव अफ काठमाडौंको समन्वयमा अमेरिकी नागिरक पउल हर्सबर्ग र एलन हर्सबर्ग को आर्थिक सहयोग मा कास्की माछापुच्छ्रे गाउँपालिकाका वडा नं. ८ को अनपुणॅ आघारभुत र वडा नंं. ६ को जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा एवं शैिक्षक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।

सहयोग दाताको तर्फ बाट कार्यक्रमको संयोजन गर्नुभएका संयोजक राजु परियारका अनुसार कार्यक्रममा विद्यार्थीहरुलाई झण्डै ३ लाख ७५ हजार बराबरको ट्राकसुट, मोजा, झोला, कपी र पेन्सिल वितरण गरिएको थियो । गाउँपालिकाकाे वडा नं ८ मा वडा अध्यक्ष राम गुरुङ र ६ मा वडा अध्यक्ष एकनाथ गौतमको उपस्थितिमा उक्त  कार्यक्रम गरिएकाे थियाे ।

यस वर्ष बाट सुरु भएको न्यानो कपडा वितरण कार्यक्रमलाई हरेक वर्ष फरक फरक विपन्न क्षेत्रका विद्यालयहरुमा निरन्तरता दिईने पनि संयोजक परियारले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस