logo go bungy

देशका धेरैजसो ठाउँमा भाेलि पनि वर्षा

News Logoपरिचित खबर 2 घण्टा अगाडि
87 2 minutes read

देशका धेरैजसो ठाउँमा पानी परिरहेकाे छ । कोशी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी र हिमाली भेगबाहेक अन्यत्र सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

सीमित ठाउँमा ठूलो पानी पनि परेको छ । अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस