इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। यससँगै दुई देशबीच स्थायी शान्ति सम्झौताको सम्भावनामाथि फेरि अन्योल उत्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर र विशेष दूत स्टिभ विटकोफ उच्चस्तरीय वार्ताका लागि कतारको दोहा पुगे पनि इरानले उनीहरूसँग प्रत्यक्ष भेट नगर्ने जनाएको हो।
कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेटको सट्टा मध्यस्थकर्तामार्फत संवाद अघि बढ्ने जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेइले पनि बैठक तय नभएको बताएका छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित