logo tiger cup

सामाजिक संजालमा प्रहरीले एक युवक निर्घात कुटेकाे भिडियाे भाइरल, छानबिन गर्न समिति गठन

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

७ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् ।  प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रहरीले भरतपुरकाे बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ फाेन गर, भन्दै एक युवकलाई कुटपिट गरेको भिडियाेमा प्रष्ठ देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस